नेपालमा आइतबार ८३० जना संक्रमित थपिए, ९ जनाको मृत्यु

Homeस्वास्थ

नेपालमा आइतबार ८३० जना संक्रमित थपिए, ९ जनाको मृत्यु

ललितपुर महानगरपालिकाले निःशूल्क चिकित्सक विशेषज्ञ सेवा दिने
लकडाउनको एक वर्ष : कोरोना सङ्क्रमणको जोखिम फेरि पुरानै अवस्थामा
कोरोना भ्याक्सिन निःशुल्क लगाउँछौं : अर्थमन्त्री

२८ मंसिर, काठमाण्डौ ।
नेपालमा थप ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ८ सय ३० जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको हो ।
नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा १५ सय जना डिस्चार्ज भएको जानकारी दिए ।
यससँगै हालसम्म निको हुनेहरुको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ । सक्रिय संक्रमित १० हजार ९ सय ९४ रहेका छन् । पीसीआर परीक्षण हालसम्म कुल १८ लाख ३१ हजार ४१ भएको छ । २४ घण्टामा ५ हजार १ सय ८१ पीसीआर परीक्षण भएको छ । देशभर ५ सय १६ जना क्वारेन्टीनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ९ जना व्यक्तिको कोभिड ९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १६ सय ९८ पुगेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0