संवैधानिक परिषद्को बैठक मङ्गलबार वस्ने

Homeराजनीति

संवैधानिक परिषद्को बैठक मङ्गलबार वस्ने

अध्यादेश जारी भए लगत्तै नेकपा मा रडाको काउन्टर अट्याककाे तयारी
नेकपा सरकार जनताप्रति उत्तरदायी हुन सकेन ः नेपाली काँग्रेस
निर्वाचनको अवसरलाई सदुपयोग गर्न आयोगको अनुरोध

२९ मंसिर, काठमाण्डौँ ।

प्रमुख प्रतिपक्षी दलका नेता उपस्थित नभएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । संवैधानिक निकायमा रिक्त पदपूर्तिका लागि बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना आइतबारको बैठकमा उपस्थित भएका थिए ।
तर प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैठकमा उपस्थित थिएन ।
गएको शुक्रबार देउवासँग छलफल गरेर प्रधानमन्त्री ओलीले आइतबार परिषद्को बैठक बोलाएकोे थियो ।
तर शनिबार देउवाले आफू पार्टी कार्यक्रमका कारण बैठकमा आउन नसक्ने जानकारी संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई जानकारी गराएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0