सरकार सिंह दरवारमा बसेर भ्रष्टाचारको नोट गन्नमा व्यस्तः युवा नेता कल्याण गुरुङ

Homeराजनीति

सरकार सिंह दरवारमा बसेर भ्रष्टाचारको नोट गन्नमा व्यस्तः युवा नेता कल्याण गुरुङ

अध्यादेश ल्याए लगत्तै बहुमत सचिवालय सदस्य खुमलटारमा भेला
काङ्ग्रेस वरिष्ठ नेता राम चन्द्र पौडेल प्रहरी नियन्त्रणमा
१३ दिनभित्रै प्रतिनिधि सभाको बैठक डाक्न सर्वोच्चको आदेश

२९ मंसिर, नवलपुर ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध सोमबार ७७ वटै जिल्लामा प्रदर्शन गरेको हो ।
कांग्रेस वरिष्ठ नेता पौडेलमाथि तनहुँमा भएको धरपकडपछि कांग्रेस सरकारविरुद्ध कडा रुपमा प्रस्तुत भएको हो ।


त्यस्तै पूर्वी नवलपरासीको कावासोतीमा पनि विरोध प्रदर्शन गरिएको छ । प्रदर्शन कार्यक्रमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता कल्याण गुरुङले सम्बोधन गर्नु भएको थियो ।
सम्वोधन गर्दै युवा नेता गुरुङले ओली सरकार सिंह दरवारमा वसेर भ्रष्टाचारको नोट गन्नमा व्यस्त भएर समय विताएको आरोप लगाउनु भयो ।


वहाँले भ्रष्टाचारको नोट गनेर कोरोना नियन्त्रणमा नआउने बताउनु भएको छ । यस्तैगरी कार्यक्रममा वोल्नु हुदै गण्डकी प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले हजारौ नेपाली जनताको वलिदानबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई अहिले ओली सरकारले हटाएर मन्त्रीपरिषद्ले नेपाल बनाएको बताउनु भयो ।
उक्त मन्त्रीपरिषद्ले गरेको कार्यलाई राप्रपा पार्टीले मात्र समर्थन गरेकाले कमल थापा र ओली विच के साठगाँठ छ ? भनेर प्रश्न गर्नु भएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0