विपन्न वर्गका व्यक्तिहरुलाई न्यानो कपडा वितरण

Homeसमाज

विपन्न वर्गका व्यक्तिहरुलाई न्यानो कपडा वितरण

माघे सक्रातिको अवसरमा सार्वजनिक बिदा
“गाउँगाउँमा सिंह दरबार आयो भन्छ, हामीलाई त्यो आएको महशुस भएन ”
सकारात्मक सोचको विकास भएमा मात्र लैँगिक हिँसा अन्त्य हुन सक्ने सरोकारवालाहरुको ठहर

३० मंसिर, नवलपुर ।
पूर्वी नवलपरासीको मध्यविन्दु र कावासोतीमा विपन्न वर्गका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको छ । मध्यविन्दु नगरपालिका वडा नं १, २, ३ र कावासोती १७ मा विपन्न वर्गका व्यक्तिहरुलाई न्यानो वितरण गरिएको हो ।
दुई नगरपालिका भित्रका ४ वटा वडाहरुका ४५ घर विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।


रोजगारीको शिलशिलामा कोरियामा रहँदै आएका नेपालीहरुले अभियन्ता नेत्र पौडेलको नेतृत्वमा विपन्न परिवारलाई न्यानो कपडा स्वरुप फाइबर सिरक वितरण गरिएको हो ।
कोरियामा रहँदै आएका नेपालीहरुले रकम संकलन गरेर विगत ६ वर्षदेखि विपन्न परिवारलाई विभिन्न किसिमका सहयोग गर्दै आएका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0