३० मंसिर, नवलपुर ।
पूर्वी नवलपरासीको कावासोतीमा धाराको पानी बग्ने खाल्डामा डुब्दा १८ महिनाको बालिकाको मृत्यु भएको छ । कावासोती नगरपालिका १७ गोछडाटार निवासी सन्तबहादुर महतोको १८ महिनाकी छोरी सलिना महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट डण्डाका अनुसार महतो आफ्नै घरको आँगनमा खेल्ने क्रममा नजिकै रहेको धाराको पानी बग्ने खाल्डामा डुबिरहेको अवस्थामा फेला परेको थियो ।
खाल्डामा डुबिरहेको अवस्थामा छोरीलाई बाबुले देखेपछि उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । शव पोष्टमार्टम गरी मृतकका परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
COMMENTS