३० मंसिर , काठमाडौँ ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याएलगत्तै बहुमत सचिवालय सदस्य खुमलटारमा भेला भएका छन्।
नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको भेलामा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
यसअघि प्रचण्डले सार्वजनिक रूपमा अध्यादेश फिर्ता लिनुपर्ने माग गर्नु भएको थियो । वरिष्ठ नेता झलनाथ खनालले पनि सरकारले मनपरी गरिरहेको प्रतिक्रिया दिनु भएको छ ।
संवैधानिक परिषदमा विपक्षी दलका नेता र सभामुख सहभागी नभए पनि बैठक बस्न मिल्नेगरी प्रधानमन्त्रीले अध्यादेश ल्याउनु भएको छ ।
अध्यादेशलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरिसक्नु भएको छ । अध्यादेशबारे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा भने कुनै छलफल समेत गरेका थिएनन् ।

COMMENTS