चेपाङ समुदायले चिउरी रूखको लालपुर्जा पाउने

Homeसमाज

चेपाङ समुदायले चिउरी रूखको लालपुर्जा पाउने

राजकुमार चेपाङको परिवारलाई ६ लाख रुपैयाँ राहत
कुमाल जातिको परिचय
सकारात्मक सोचको विकास भएमा मात्र लैँगिक हिँसा अन्त्य हुन सक्ने सरोकारवालाहरुको ठहर

३० मंसिर, नवलपरासी ।
अधिकांश चेपाङ परिवारले पुस्तौंदेखि बसेको जग्गाको लालपुर्जा प्राप्त गर्नेमा निश्चित छैन । तर उनीहरूले चिउरीका रूखको भने लालपुर्जा पाउने भएका छन । वाग्मती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चेपाङ समुदायलाई चिउरीका रूखको पुर्जा दिने भएको हो । २०४६ सालअघि पनि चेपाङहरूलाई जिल्ला वन कार्यालयले चिउरीका रूखको प्रमाणपत्र दिएको थियो ।
चेपाङ समुदायको संस्कृति र जीवनशैलीसँग जोडिएको चिउरीका रूखको स्थानीय सामुदायिक वनसँग समन्वय गरेर प्रमाणपत्र दिने तयारी गरेको मन्त्रालयका सचिव सिन्धुप्रसाद ढुंगानाले बताए ।

मन्त्रालयले चेपाङ समुदायको आयआर्जनमा वृद्धि गराउन धादिङ र मकवानपुरमा चिउरीको गेडा प्रशोधन गर्न मेसिन हस्तान्तरण र चितवनमा उद्योग स्थापना गर्ने तयारी पनि गरेको छ । वातावरण संरक्षण र भूक्षय नियन्त्रण गर्ने उद्देश्यले मन्त्रालयले चिउरीको वृक्षरोपण गर्न नर्सरी पनि राख्न लागेको जनाएको छ ।


प्रदेश सरकारले चिउरी उद्योग स्थापना, प्रशोधन मेसिन हस्तान्तरण र चिउरीको संरक्षण गर्न चालु आवमा १ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको मन्त्रालयका उपसचिव नवराज पुडासैनीले बताए । वन संरक्षण र जनजीविकामा सकारात्मक प्रभाव देखिएकाले चिउरीका रूखको प्रमाणपत्र वितरण गर्न लागिएको पुडासैनीले बताए । घरजग्गाको जग्गाधनी पुर्जा नपाए पनि चिउरीका रूखको पुर्जा पाउने खबरले चेपाङहरू भने खुसी देखिएका छन ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0