काठमाडौं मङ्सिर ३०,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा संबैधानिक परिषद सम्बन्धी संशोधन अध्यादेश लाई लिएर हङ्गामा मच्चचीएकाे छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी थिइन् । सरकारले ल्याएको उक्त अध्यादेशलाई अध्यक्ष प्रचण्डले संविधानको मूल्य मान्यता र भावनाविपरित भएको भन्दै तत्काल फिर्ता गर्नुपर्ने बताएका छन् । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संवैधानिक हिसावले अनुचित रहेको नेकपाका बहुमत सचिवालय सदस्यले बताएका छन् ।सरकारले मंगलबार अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको सचिवालयका बहुमत सदस्यहरुको भेलाले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्यसबारे पार्टी कमिटीमा गम्भीर छलफल गर्ने निश्कर्ष निकालेको हो ।बैठक जारी भएका बेला पार्टीलाई कुनै जानकारीसमेत नदिएर अध्यादेश ल्याउनुलाई गम्भीर विषयकारुपमा लिएको बैठकको निष्कर्ष छ। विषय लाई गम्भीर रुप मा लिएको हुुुँदा अब काउन्टर अट्यााककाेे सम्भावना छ ।

COMMENTS