कानुनविद्को प्रतिक्रिया : ओलीले ल्याएको अध्यादेश सर्वसत्तावादको अभ्यास

Homeराजनीति

कानुनविद्को प्रतिक्रिया : ओलीले ल्याएको अध्यादेश सर्वसत्तावादको अभ्यास

माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने निर्वाचन आयोगको प्रस्ताव
आफ्नै पार्टी बाट प्रतिपक्ष बाट भन्दा बढी आक्रमण भयो -ओलि
संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेसका सभापति देउवा सहभागी नहुने

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेपछि नेकपाभित्रको विवाद नयाँ ‘कोर्स’ मा प्रवेश गरेको छ । राष्ट्रपति भण्डारीले जारी गरेको अध्यादेशलाई कानुनविद्हरुले प्रधानमन्त्री ओलीले आफ्नो सर्वसत्तावाद लागू गर्न अध्यादेश ल्याएको बताएका छन् । 

वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीले संवैधानिक निकायमा आफ्नो एकलौटी सर्वसत्तावाद लागू गर्न अध्यादेश ल्याइएको प्रतिक्रिया दिए । अध्यादेश  आपतकालीन कानूनी व्यवस्था हो । आधारभूत रुपमा कानून बनाउने अधिकार संसदको हो । कानूनी भाषामा संसदको अधिवेशन वा बैठक हुन नसकेको/नभएको अवस्थामा तत्काल केही गर्न आवश्यक छ भन्ने कुरामा राष्ट्रपति सन्तुष्ट भएमा आपतकालीन अवस्थाका लागि मात्र अध्यादेश ल्याइने उनको भनाइ छ । सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले नै सरकारलाई संसदको बैठक बोलाउन दवाव दिइरहेका छन् । कानूनी व्यवस्था अनुसार सरकारले चाहेर वा नचाहेर छिट्टै नै संसदको अधिवेशन बोलाउनु पर्ने वाध्यता छ । 

COMMENTS

WORDPRESS: 0
DISQUS: