१ पुस, नवलपुर ।
पूर्वी नवलपरासीको मध्यबिन्दुमा नवजात शिशुको शव फेला परेको छ । बुधबार मध्यविन्दु नगरपालिका ७ स्थित जंगलमा नवजात शिशुको शव फेला पारिएको प्रहरी जनाएको छ ।
पुर्व–पश्चिम राजमार्गसँगै जोडिएको विजय सामुदायिक वन क्षेत्रमा प्लाष्टिकको झोलामा पोको पारेर फालेको अवस्थामा नवजात शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ ।
स्थानीयका अनुसार राजमार्गदेखि उत्तरतर्फको वनमा पहेंलो प्लाष्टिकको झोलामा महिलाले लगाउने रातो सुरुवालमा बेरेर फालिएको अवस्थामा शिशुको शव भेटिएको हो ।
सामुदायिक वनले खटाएका वन हेरालु कर्मचारीले देखेपछि वन समूहमार्फत प्रहरीमा खबर भएको थियो ।

COMMENTS