१ पुस , अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका नगर प्रमुखले आफुले पाउने तलव भत्ताबाट विद्यालयमा अक्षेयकोष स्थापना गर्नु भएको छ । नगरप्रमुख रेशम थापाले भूमिकास्थान नगरपालिका ४ का विरेन्द्र आधारभूत विद्यालयमा आफ्ना दिवंगत हजुरवुवा एवम् हजुरआमाको नाममा १९ हजार ९ सय ९९ को अक्षेयकोष स्थापना गर्नु भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण सुनारका परिवारले आफ्ना दिवंगत पितामाताको स्मृतीमा १ लाख १० हजार ३ सय ३ रुपियाँको अक्षेयकोष घोषणा कार्यक्रममा प्रमुख आतिथ्यता ग्रहण गर्नु भएका नगरप्रमुख थापाले पनि अक्षेयकोषको घोषणा गरेका हुन् ।
COMMENTS