संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च आदलतमा रिट दायर

Homeराजनीति

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च आदलतमा रिट दायर

नेकपाको महाधिवेशन आगामी मंसिर २ गते गर्ने ओली पक्षको निर्णय
प्रधानमन्त्रीको झुठो दाबी : प्रचण्ड–नेपालको निवेदन फिर्ता भयो, निर्वाचन आयोग भन्छ– भएको छैन
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक सुरु

१ पुस , काठमाडौँ ।
संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च आदलतमा रिट दायर भएको छ ।
अधिवक्ता ओम प्रकाश अर्यालले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्ध बुधबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । प्रधानमन्त्रीले ल्याएको अध्यादेश संविधानको मर्म विपरित रहेको अधिवक्ता अर्यालको दावी छ ।
मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गर्नुभएको थियो । अध्यादेशको चौतर्फी आलोचना भइरहेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0