चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री अध्यादेश फिर्ता लिन तयार

Homeराजनीति

चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री अध्यादेश फिर्ता लिन तयार

काँग्रेसद्वारा संसद विघटनविरुद्ध १३ गते प्रदर्शन गर्ने घाेषणा
जसपाले गर्‍यो चरण बद्द आन्दोलनको घोषणा
How To Start a Blog in 2018 – Easy to Follow Guide for Beginners

१ पुस , काठमाडौँ ।
पार्टीभित्र र बाहिरबाट आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार जारी अध्यादेश फिर्ता लिन सहमत हुन भएको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारीपछि नेकपा विवाद जटिल मोडमा पुगेका बेला पार्टी नेताहरुसँगको संवादमा ओली अध्यादेश फिर्ताका लागि तयार भएको एक नेताले जानकारी दिनुभयो ।
स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुई चरणमा छलफल भएको थियो । त्यही छलफलमा ओलीले अध्यादेश फिर्ता लिने र असन्तुष्ट समूहले विशेष अधिवेशनका लागि निवेदन दर्ता नगराउने सहमति भएको थियो ।
ओली र दाहालबीचको दोस्रो चरणको वार्तामा महासचिव विष्णु पौडेल र नेताहरु सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल र घनश्याम भुसाल पनि सहभागी भएका थिए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0