नेपाल ट्वान्टी–२० विश्वकपका लागि ग्लोबल छनोटमा

Homeखेल

नेपाल ट्वान्टी–२० विश्वकपका लागि ग्लोबल छनोटमा

प्रथम महमाई नकआउट खुल्ला भलिबल प्रतियोगिताको विजेता साबिक महमाई वडा नं. ६
नेपालले जित्यो त्रिदेशीय फुटबल कपकाे उपाधि
लोक प्रिय मावि १६ स्वर्ण सहित जिल्ला प्रथम

१ पुस, काठमाडौँ ।

अस्ट्रेलियामा २०२२ मा हुने ट्वान्टी–२० विश्वकपका लागि नेपाललाई ग्लोबल छनोटमा सोझै प्रवेश दिइएको छ । विश्व ट्वान्टी–२० वरीयतामा शीर्षस्थ टोली भएका कारण नेपालसहित जिम्बाब्वे, सिंगापुर र यूएईलाई ग्लोबल छनोटमा स्थान दिइएको छ ।
ट्वान्टी–२० विश्वकप अस्ट्रेलियामा २०२२ को अक्टोबर–नोभेम्बरमा हुने तय भइसकेको छ । त्यसका लागि ग्लोबल छनोट हुनेछ । त्यसको मिति र स्थान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले खुलाएको छैन ।
नेपाल, जिम्बाब्वे, सिंगापुर र यूएईसहित २०२१ मा भारतमा हुन लागेको विश्वकप ट्वान्टी–२० का पुछारका चार टोली तथा क्षेत्रीय छनोटबाट आउने ८ टोली गरी ग्लोबल छनोटमा १६ टोलीको सहभागिता रहने छ ।
सहभागी १६ टोलीलाई दुई समूहमा विभाजन गरिने छ र प्रत्येक समूहको शीर्ष दुई टोली अस्ट्रेलियामा हुने विश्वकपका लागि छानिने छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0