नवलपुरमा ११ दिने आधारभूत पत्रकारिता तालिम सुरु

Homeसमाज

नवलपुरमा ११ दिने आधारभूत पत्रकारिता तालिम सुरु

भागरथी हत्यामा पक्राउ परेका दिनेशको डीएनए मिल्यो – प्रहरी
वातावरणमैत्री “दिगो विकास सम्मेलन” कावासोती घोषणा पत्र २०७७
धादिङमा महिलालाई जिउँदै पुरेर फरार एक्स्काभेटर चालक कञ्‍चनपुरबाट पक्राउ


१ पुस , नवलपुर ।
पूर्वी नवलपरासीको कावासोतीमा ११ दिने आधारभूत पत्रकारीता तथा क्षमता विकास तालिम सुरु भएको छ । बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गरी सो तालिमको समुद्घाटन गरिएको छ । तालिम राष्ट्रिय दलित पत्रकार संघ नवलपुरको आयोजना एवम् कावासोतीको नगरपालिकाको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको हो । तालिमको समुद्घाटन कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नवलपुरका अध्यक्ष गोविन्द नेपालीको सभाध्यक्ष्ता एवम् गण्डकी प्रदेश सभा सदस्य रोशन गाहा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
समुद्घाटन कार्यक्रममा कावासोती नगरपालिकाका नगरकार्यपालिका सदस्य सपना विश्वकर्मा , कलिया मुसहर , समाजसेवी बाबुराम विश्वकर्मा लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य रोशन गाहाले समाजमा भएता कुरितिहरुलाई निर्मूल पार्न र समाजलाई रुपान्तरण गर्नका लागि युवाहरु लाग्नु पर्नेमा जोड दिनु भयो । वहाँले २१ औँ शताब्दीमा आएर पनि नेपाली जनताको मतबाट बनेको संविधानको सही ढङ्गबाट व्यवहारमा कार्यान्वयन गर्न नसकिएकोले समाजमा कुरिती ब्याप्त भएको र पिछडिएका वर्ग मुलधारमा आउन नसकेको बताउनु भयो ।


यस्तैगरी कार्यक्रममा वोल्नु हुदै समाजसेवी बाबुराम विश्वकर्माले समाजमा भएका विभेद असमानता, अन्धविश्वासको परम्परा र कुसंस्कार अझै पनि कायमै रहेको बताउनु भयो । नेपाली समाजमा भएका उत्पीडन विभेदको अन्त्य गर्न यो ११ दिने आधारभूत पत्रकारीता तालिमले भुमिका खेल्ने वहाँले बिश्वास ब्यक्त गर्नुभयो ।


यस्तैगरी वहाँले तालिममा सिकेका ज्ञानका कुराहरुलाई व्यवहारिक रुपमा समाजमा कार्यान्वयन गर्न सकियो भने ११ दिने पत्रकारिता तालिम वास्तवमा यथार्थता झल्किने बताउनु भएको छ । कार्यक्रम राष्ट्रिय दलित पत्रकार संघ नवलपुरकी सचिव गंगा विश्वकर्माले सञ्चालन गरेकी थिइन् । भने तालिम गण्डकी प्रदेश पत्रकार महासंघ , पत्रकार महासंघ नवलपुर , सायरा मिडिया प्रालि , वातावरण पत्रकार मञ्च र डव्लुडव्लु जे नवलपरासी बाट प्रशिक्षण गराईएको छ । तालिममा कावासोती नगरभित्रका १७ वटै वडाका २६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0