नेपाल मगर संघको १२ औ महाधिवेशनको तयारी तीव्र

Homeसमाज

नेपाल मगर संघको १२ औ महाधिवेशनको तयारी तीव्र

राजकुमार चेपाङको परिवारलाई ६ लाख रुपैयाँ राहत
सरकारले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने
५६ जिल्लाका पाँच सय २३ ठाउँमा डढेलो, एक दशकयताकै धेरै भएको विभागको दाबी

१ पुस, नवलपुर ।

नेपाल मगर संघको १२ औ महाधिवेशन भब्यताका साथ सम्पन्न गर्ने सन्दर्भमा बुधबार पुर्वी नवलपरासिको कावासोतीमा भेटघाट एवम् छलफल सम्पन्न भएको छ । कार्यक्रममा आउदो महाधिवेशन के कसरी गर्ने भन्ने बारे विशेष छलफल भएको हो । छलफल कार्यक्रमा बोल्नुहुदै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोक्का मगरले नेपाल मगर संघको आगामि फाल्गुन १५ गते देखि १८ गते सम्म रोल्पा जिल्लामा सञ्चालन हुने १२ औ महाधिवेशन को तयारी तिव्रताका साथ भईरहेको बताउनुभयो । यसैगरी अध्यक्ष रोक्काले मगर जातिहरुको एकता हुन सके मगर समुदायको विकास हुने विश्वास ब्यक्त गर्नुभयो ।
महाधिवेशन के कसरी गर्ने भन्ने सन्दर्भमा नेपाल मगर संघका केन्द्रिय प्रतिनिधिहरु विभिन्न जिल्लाहरुमा आयोजित भेटघाट अन्तर्गत बुधबार नवलपुरमा आईपुगेका हुन । यस्तै बैठकले नेपाल मगर संघ केन्द्रिय सल्लाहकारका रुपमा समाजसेवी कर्णेल धन बहादुर मास्की रानालाई मनोनित गरेको छ । बैठकमा सचिव ज्ञानेन्द्र पुनले मगरहरुले प्रत्येक आफना वडा ,पालिका र जिल्लामा आफनो जातिय भाषा सम्वन्धी शिक्षा दिन सके मगर जातिको भाषा संरक्षण हुनेमा जोड दिनुभयो । यस्तै गरी सचिव पुनले सम्पुर्ण मगरहरुले आफ्नो नामको पछाडि मगर लेख्न समेत सुझाउनु भयो ।


कार्यक्रम समाजसेवी कर्णेल धन बहादुर मास्की रानाले संगितकार मास्टर मित्र शेन थापाको अर्धशालिक भुतपुर्व सैनिक संघको मातहतमा पुर्वी नवलपरासि कावासोती १ पोखरीतालमा चाडै नै युद्ध स्मारक शालिक स्थापना गर्ने जानकारी समेत गराउनुभयो ।
छलफल तथा भेटघाट कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोक्का मगर ,महासचिव ज्ञानेन्द्र पुन,नेपाल मगर युवा संघका केन्द्रिय अध्यक्ष जयप्रकाश बुढा मगर ,केन्द्रिय सदस्य गिरमान मगर ,जनक माकिम मगर लगायत नेपाल मगर संघ केन्द्रिय सदस्य लिला मास्की राना , नेपाल मगर संघ जिल्ल्ला नवलपुरका अध्यक्ष इन्द्र फाल मगर ,नेपाल मगर संघ गण्डकी प्रदेशका सचिवा देवीसरा पुलामी मगर , समाजसेवी धन बहादुर मास्की राना,मेख बहादुर सारु मगर लगायत मगर संघ जिल्ला नवलपुरका प्रतिनिधिहरुको उल्लेख्य सहभागित रहेको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0