“गाउँगाउँमा सिंह दरबार आयो भन्छ, हामीलाई त्यो आएको महशुस भएन ”

Homeसमाज

“गाउँगाउँमा सिंह दरबार आयो भन्छ, हामीलाई त्यो आएको महशुस भएन ”

कुमाल जातिको परिचय
रक्क गार्डेन् – ढुङ्गै ढुङ्गाले सजिएको प्राकृतिक बगैंचा
कांग्रेस नेता खनालद्वारा जन्मदिनको अवसरमा खाद्य सामाग्री वितरण

२ पुस, नवलपुर ।

मानविय अतिक्रमणका कारण पछिल्लो समय जलचर प्राणी संटकमा पर्न थालेका छन् । केही समय पहिले खोलानालामा प्रशस्त मात्रामा पाईने माछा अहिले त्यति साह्रै नपाईने गरेको माछा मारेर जिविको पार्जन गर्ने माझीहरुको भनाई छ । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ६ का ६० वर्षिय सोम वहादुर बोटेले केही वर्ष पहिले आफुले नारायणी नदीमा डुङ्गाको सहायताले माछा मार्ने गरेको भएता पनि अहिले त्यो पेशा छोडेको बताउनु भयो ।



बोटेले अहिले नदी त्यति माछा पाईदैन , र निकुञ्जबाट पनि माछा मार्न रोक लगाएपछि उक्त पेशा छाडेको बताउछन् । अहिले जिविको पार्जन गर्नकै लागि र माछा मार्नुको ठाउँमा ढुङ्गा माटोका साथै घर वनाउने मजदुर काममा हिड्ने गरेको धन वहादुर बोटे बताउनु हुन्छ ।


फरक प्रसंमा बोल्दै धर वहादुर बोटे भन्नु हुन्छ , गाउँगाउँमा सिँह दरवार आयो भन्छ तर गरिवी र पिछडिएका वर्गलाई भने त्यो सिँह दरवारको महशुस भएकोे छैन । स्थानिय निकायहरु केही कार्य गर्नका लागि टोलटोलमा पुगे पनि गरिवीमा पिल्सीएका र पिछडिएका वर्ग भने कुवाको भ्यागुतो कै अवस्थामा बस्न बाध्य भएका छन्।
स्थानिय सरकार आएको पनि ५ वर्ष पुग्न लागि सक्यो । तर सरकारको जो पछि परिहेका छन् । मैनवत्ती जलेर उज्यालो प्रकाश छरे झै स्थानिय निकायहरुले जुन पहिलेदेखि नै गरिवीको रेखामुनि परिरहेका छन् । उनीहरुको जिवनमा अझै सुनौलो विहानी भने ल्याउन सकेको छैन । समृद्ध नेपाल, सुखी नेपाली नारा, नारा मै सिमित रहेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0