संवैधानिक परिषद् बैठकको आह्वान, देउवा सहभागी नहुने

Homeराजनीति

संवैधानिक परिषद् बैठकको आह्वान, देउवा सहभागी नहुने

Smart Speakers will Rise in 2019 – 4 Takeaways Entrepreneurs Should Note
आफ्नै पार्टी बाट प्रतिपक्ष बाट भन्दा बढी आक्रमण भयो -ओलि
मंगलबार संवैधानिक इजलास नबस्ने

२ पुस , काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष ओलीले बेलुकी ५ बजेका लागि परिषद्को बैठक बोलाउनुभएको हो ।
प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएको भोलिपल्ट आज नै बैठक आह्वान गर्नुभएको हो । वहाँ अध्यादेश फिर्ता गर्न तयार भए पनि अध्यादेश फिर्ता भने भइसकेको छैन । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकलेसमेत अध्यादेश फिर्ता लिने निर्णय गरेको भए पनि अहिलेसम्म राष्ट्रपतिको कार्यालय शीतल निवासमा औपचारिक जानकारी गएको छैन ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने सहभागी नहुने भएको छ । बेलुकी ५ बजे बैठक बस्नेबारे जानकारी प्राप्त भएको तर अध्यादेश नै फिर्ता नभइ सकेकाले बैठकमा सहभागी नहुने सभापति देउवाको सचिवालयले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1