४ पुस , काठमाडौँ ।
देशभर उत्तर पश्चिमी वायुको प्रभाव देखिएको छ ।

अहिले तराईका धेरैजसो ठाउँमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश नम्बर १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही ठाउँमा आंशिक बद्ली रहने सम्भावना छ ।
बाँकी ठाउँको मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, आज राति प्रदेश नम्बर १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बद्ली हुने अनुमान छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।
COMMENTS