४ पुस, नवलपुर ।
पूर्वी नवलपरासीको हुप्सेकोट ५ पाङ्ग्रेमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शनिबार विहान पाङ्ग्रे स्थित भित्रि सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु ३१ प ९७९० नम्वरको मोटरसाईकल अनियन्त्रीत भई सडकबाट १ सय ३० मिटर तल खस्दा सो दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाईते भएका बुलिङ्टार गाउपालिका ४ का ४६ वर्षिय सूर्यविर वान्टकी मगरलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाईएको थियो । गम्भीर घाईते वान्टकीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहन वहादुर खाँणले बताउनु भयो ।
Newer Post
कावासोतीमा लागुऔषध सहित एक जना पक्राउ Older Post
विवाह पञ्चमी पर्व मनाइँदै
COMMENTS