कावासोतीमा लागुऔषध सहित एक जना पक्राउ

Homeअन्य

कावासोतीमा लागुऔषध सहित एक जना पक्राउ

आउ संस्कृती जोगाऔं
Have an Endless Summer With These Beach House Decor Ideas
“THE KUMAL OF NEPAL”

४ पुस, नवलपुर ।
पूर्वी नवलपरासीको कावासोतीमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका ८ फलफूल चोकमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ६ ख ९६७६ नम्वरको वस चेकजाँच गर्ने क्रममा लागुऔषध सहित वसमा सवार एक जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका २ का २४ वर्षिय विशाल गुरुङ रहेका छन । उनको साथ बाट नुर्फिन १४ एम्पुल , डाईजापाम १४ एम्पुल , फेनारगन १४ एम्पुल लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहन वहादुर खाँणले जानकारी दिनु भयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0