नेपालमा अव सक्रिय सङ्क्रमितको संख्या ८ हजार ८ सय ४० मात्र

Homeस्वास्थ

नेपालमा अव सक्रिय सङ्क्रमितको संख्या ८ हजार ८ सय ४० मात्र

नवलपुरको ८ वटै स्थानिय तहमा निःशुल्क बृहत परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर सुरु
नवलपुरका ४० हजार किशोरीलाई आईरन चक्की खुवाईने
चीन सरकारले अनुदानमा दिएको खोप ४० देखि ५९ वर्ष उमेरका समूहका लगाइने

४ पुस , काठमाडौँ ।
नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या ९ हजार भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७५ जना निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या ८ हजार ८ सय ४० जनामा झरेको हो । अहिलेसम्म नेपालमा २ लाख ४२ हजार ५ सय ६७ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।
अब ८ हजार ८ सय ४० जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका र ४ सय २१ जना क्वारेण्टीनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जम्मा ७ सय १० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमण पुष्टि हुनेको संख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको छ । यस्तै थप १२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0