राजकुमार चेपाङको परिवारलाई ६ लाख रुपैयाँ राहत

Homeसमाज

राजकुमार चेपाङको परिवारलाई ६ लाख रुपैयाँ राहत

पशुजन्य उत्पादनमा अर्घाखाँचीको पाणिनी गा.पा. लुम्बिनी प्रदेशकै उत्कृष्ट
नेपालमा सोमबार थप एक हजार १४ जनामा सङ्क्रमण पुष्टि
नवलपुरमा ११ दिने आधारभूत पत्रकारिता तालिम सुरु

४ पुस, चितवन ।
चितवन राष्ट्रिय निकुञ्जको निषेधित क्षेत्रभित्र प्रवेश गरेको आरोपमा नेपाली सेनाले नियन्त्रणमा लिएका बेला कुटपिटमा परेर मृत्यु भएका राजकुमार चेपाङको परिवारलाई निकुञ्जले बिहीबार ६ लाख रुपैयाँ राहत उपलब्ध गराएको छ । गएको साउन १ मा राप्ती नगरपालिका–२ पिप्ले मिलनटोलका २४ वर्षीय राजकुमारसहित ७ जना स्थानीय निकुञ्ज छिरेका थिए ।
निहुरो, अमिलो र घोंगी टिप्न राप्ती खोला तरेर निकुञ्जको निषेधित क्षेत्रमा पुगेका उनीहरूलाई त्यहाँ सुरक्षार्थ खटिएका सैनिकले नियन्त्रणमा लिएर निकुञ्ज प्रशासनको रोहबरमा आवश्यक कारबाही गरी उसै दिन छाडेका थिए तर पक्राउपछि सैनिकले कुटपिट गरेका र त्यसैकारण राजकुमारको मृत्यु भएको स्थानीय र परिवारले जिकिर गर्दै आएका छन् । पक्राउ परेर छुटेको साता दिनपछि राजकुमारको मृत्यु भएको थियो ।
राजकुमारको मृत्युपछि दोषीलाई कारबाही र पीडित परिवारलाई राहत माग गर्दै परिवार र स्थानीयले आन्दोलन गरेका थिए । दोषी भनिएका सैनिकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढे पनि पीडित परिवारले सहमति अनुसारको राहत रकम पाउन सकेका थिएनन् । चितवन प्रशासनमा निकुञ्जका तत्कालीन प्रमुख, सेनाको गणका प्रमुख र पीडित पक्षबीच साउन १६ मा भएको वार्तामा राजकुमारको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने सहमति भएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0