संसद विघटनको सिफारिससँगै सुरक्षा चुनौतीबारे देशभर सर्कुलर

Homeराजनीति

संसद विघटनको सिफारिससँगै सुरक्षा चुनौतीबारे देशभर सर्कुलर

संसद विघटनविरुद्ध काँग्रेसद्वारा थप आन्दोलनको घोषणा
नेकपा ओली समूहकाे जनसभाका लागि र्‍याली सुरु
प्रम एवं नेकपा अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डसँगको दूरी घटाउने प्रयासमा

५ पुस, काठमाडौँ ।
सरकारले संसद विघटनको सिफारिस गरेसँगै प्रहरीले देशभर सुरक्षा सतर्कता बढाउन सर्कुलर जारी गरेको छ।
प्रहरी प्रवक्ता वसन्त कुँवरले मुख्यगरी राजधानीसँगै देशभरको सुरक्षा सतर्कता बढाइएको बताउनु भयो ।
संसद विघटनका लागि सरकारले सिफारिस गरेसँगै आज विभागीय प्रमुखहरुसँग प्रहरी महानिरीक्षक शैलेश थापाले छलफल गर्नु भएको छ । छलफलमा अहिलेसम्म अन्यौल नै रहेको र विघटन भइहाले त्यसले सुरक्षा चुनौती बढ्ने, देशभर प्रदर्शन हुन सक्ने र असंवैधानिक गतिविधि बढ्ने सुरक्षा निकायको निस्कर्ष छ ।
अवस्था हेरेर योजना बनाउँदै जाने प्रहरीको तयारी छ । मुख्य गरी ठूला सहरमा यस्ता चुनौती बढी हुने प्रहरीको ठहर छ । यस्तै अहिलेसम्म माथिल्लो निकायबाट कुनै निर्देशन नआएका कारण प्रहरीले त्यो पनि पर्खिरहेको बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाइ संसद विघटन गर्न सिफारिस गर्ने निर्णय गर्नु भएको थियो । प्रधानमन्त्रीको उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0