५ पुस, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्न भनी गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीबाट सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठकपछि मात्रै निर्णय गर्ने भएकी छन्।
शितल निवास स्रोतका अनुसार आजको स्थायी कमिटी बैठक निकै महत्वपूर्ण भएको हुँदा त्यसको निर्णयपछि मात्र राष्ट्रपतिले संसद सम्बन्धी कदम चाल्ने तयारी छ ।
राष्ट्रपतिले आजै बस्न लागेको स्थायी समितिको बैठक, त्यहाँ नेताहरुबाट आउने धारणाहरु र त्यसको निर्णय पर्खिरहेको स्रोतको भनाइ छ ।

COMMENTS