संसद विघटन प्रस्तावको विरोधमा नेविसंघको कावासोतीमा प्रदर्शन

Homeराजनीति

संसद विघटन प्रस्तावको विरोधमा नेविसंघको कावासोतीमा प्रदर्शन

प्रम ओलीले देशलाई कालो सुरुङतिर धकेले– जसपा नेता रिजाल
कामै गर्न नदिएपछि बाध्य भएर संसद् विघटन गरेः प्रम ओली
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज हुनुपर्छ : प्रचण्ड

५ पुस, नवलपुर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरेपछि नवलपुरमा विद्यार्थीहरुले आन्दोलन थालेका छन् । प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै जिल्ला सदरमुकाम कावासोतीमा विद्यार्थीले आन्दोलन थालेका हुन् ।
जिल्ला सदरमुकाम कावासोतीको ईन्द्रचोकमा नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले सडक अवरुद्ध गरेर केपी ओलीकाविरुद्ध नारा लगाउँदै संविधानमाथि ‘कू’ भएकाले चरणवद्ध आन्दोलन सुरु भएको बताएका छन् । जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान प्रधानमन्त्री ओलीले प्रहार गरेको विद्यार्थीहरुले बताएका छन् ।
संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने विद्यार्थीहरुले चेतावनी दिएका छन् । नेविसंघ पुर्व केन्द्रिय सदस्य आरसी भट्टराई , जिल्ला सचीव लेखनाथ दवाडी , विभिन्न कलेज र पालिकाका नेविसंघका नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको नेविसंघ कुमारवर्ती ईकाई सभापति सुदिप चापागाईंले बताए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0