संसद् विघटन गरेर प्रम ओलीले संविधानको चीरहरण गर्यो ः कांग्रेस

Homeराजनीति

संसद् विघटन गरेर प्रम ओलीले संविधानको चीरहरण गर्यो ः कांग्रेस

विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, आन्दोलनका थप कार्यक्रमबारे छलफल हुने
न्यायालय शुद्धीकरणको सवाल : कहाँ रह्यो संविधानमा त्रुटि ?

५ पुस, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ ।
आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद् विघटन गरेको भन्दै भर्त्सना गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गरेर देशलाई अस्थिरतातिर लैजाने र लोकतन्त्रमाथि सङ्कट निम्त्याउने काम भएकोले सडकबाट सामना गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
यस्तै नेता रमेश लेखकले संसद् विघटन गरिएकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । बैठकले सरकारको अधिनायकवादी, सर्वसत्तावादी र निरङ्कुश चरित्रबाट उत्पन्न निन्दनीय कार्य भएको ठहर गरेको पनि नेता लेखकले बताउनुभयो ।
आउँदा दिनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसदमा रहेका अन्य राजनीतिक दलसँग सल्लाह गरी अगाडि बढ्ने निर्णय गरेको पनि नेता लेखकले बताउनुभयो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0