सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने अभियान पुनः सुरु

Homeसमाज

सुदूरपश्चिम प्रदेशमा छाउगोठ भत्काउने अभियान पुनः सुरु

नवलपुरका सञ्चार गृहमा आवद्ध श्रमजिवि पत्रकारहरुलाई ऐक्यबद्धता गराएर लैजान्छौँ – रानाभाट
तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो
टीकापुर ‘थारू विद्रोह’ का बन्दीको रिहाइको माग गर्दै आन्दोलनको घोषणा

६ पुस, काठमाडौँ ।
सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथा अन्त्यका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु भएको छ ।
कोरोना संक्रमणका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिए पनि विभिन्न जिल्लामा अहिले फेरि छाउगोठ भत्काउने अभियान शुरु गरिएको हो ।
गृहमन्त्रालयले गएको वर्ष पुस ९ गते विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई छाउपडी कुरीति नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि छाउगोठ हटाउने अभियान चालिएको थियो । तर गएको वर्ष चैत महिनादेखि कोरोना कहर शुरु भएपछि सुदूरपश्चिमका नौवटै जिल्लामा यो अभियान बन्द भएको थियो ।
अहिले सुदूरपश्चिम जिल्लामा छाउगोठ भत्काउने अभियान पुनः शुरु भएको छ। यसै सिलसिलामा डोटीको छिमेकी जिल्ला अछाममा शनिबार मात्रै नौवटा छाउगोठ भत्काइएको छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १६८(३) मा महिला रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र तीन हजारसम्म जरिवाना हुने व्यवस्था छ ।
कानुनको उलंघन गर्दै अहिले पनि सुदूरपश्चिममा छाउपडीका नाममा महिनावारी भएकी महिलालाई छाउगोठमा राख्ने चलन कायमै छ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0