६ पुस, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू ६४ प्रतिशत सांसदको मत प्राप्त गरी प्रधानमन्त्री भएका कारण आफ्नो निर्णयलाई अदालतले नरोक्ने बताउनु भएको छ ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको आफूपक्षीय नेताहरुको भेलामा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सो धारणा राख्नु भएको हो ।
ओलीले आफू प्रधानमन्त्री निर्वाचित हुँदा प्राप्त मतको सन्दर्भ उल्लेख गर्दै सो धारणा राख्नु भएको हो ।
ओलीले पार्टी एकढिक्का भएर अगाडि बढोस् भन्ने सांसदहरुको भावनालाई आफूले बुझेको बताउँदै अहिले त्यो अवस्था नरहेको बताउनु भयो ।
वहाँले विगतको सरकारले भन्दा यो सरकारले धेरै काम गरेको र त्यसैलाई लिएर चुनावमा जान आग्रह गर्नु भयो ।

COMMENTS