संसद् विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिटको ओइरो

Homeराजनीति

संसद् विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिटको ओइरो

“आवश्यक परे संविधान निर्माणका क्रममा भएका छलफलको रेकर्ड मगाउन तयार छौँ” – प्रधानन्यायाधीश जबरा
सरकार सिंह दरवारमा बसेर भ्रष्टाचारको नोट गन्नमा व्यस्तः युवा नेता कल्याण गुरुङ
एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने प्रचण्ड–नेपाल समूहको निर्णय

६ पुस , काठमाडौँ ।
संसद् विघटनको विरुद्धमा सर्वोच्च अदालतमा रिटको ओइरो लागेको छ । आइतबार दुई वटा रिट प्राप्त भएकोमा आज दिउँसोसम्म सात वटा आइसकेको र अझै पनि आउने क्रम चलिरहेको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनु भयो ।
सर्वोच्चमा आएका रिट दर्ताको लागि केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले अध्ययन भइरहेको पनि उहाँले बताउनु भएको छ । प्रक्रिया पूरा भएका रिट दर्ताको प्रक्रियामा रहेको पोखरेलको भनाइ छ ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधि चुनाव गर्ने प्रस्ताव स्वीकृत गर्नुभएको छ ।
यसको विरोधमा सडकमा प्रदर्शन सुरु भएको छ भने कानुन व्यवसायी र अधिकारकर्मीले सर्वोच्चमा रिट दर्ताको निवेदन दिइरहेका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0