६ पुस, काठमाडौँ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई चारैतिरबाट घेराबन्दीमा पारिएकाले प्रतिनिधिसभा विघटन गरिएको बताउनु भएको छ । आज देशवासीका नाममा सम्बोधन गर्दै ओलीले सरकारले गरेका कतिपय प्रस्तावमाथि संसद्मा छलफल गर्न पनि नदिइएकाले प्रतिनिधिसभा विघटन गरिएको दाबी गर्नुभयो ।
लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा प्रकाशनलगायतका थुप्रै राष्ट्रवादी काम हुँदासमेत सरकारलाई घेराबन्दीमा पारिनु विडम्बणापूर्ण भएको वहाँले बताउनु भयो । ओलीले सत्तापक्षकै कतिपय नेता प्रतिपक्ष दलका नेताभन्दा पनि आक्रामक रुपमा लागेको पनि आरोप लगाउनु भयो ।

COMMENTS