प्रचण्ड र नेपाल समूहद्वारा संसद् अधिवेशनको माग

Homeराजनीति

प्रचण्ड र नेपाल समूहद्वारा संसद् अधिवेशनको माग

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको फेरि अर्को गैर अराजनीतिक अभिब्यक्ति
प्रधानमन्त्रीको झुठो दाबी : प्रचण्ड–नेपालको निवेदन फिर्ता भयो, निर्वाचन आयोग भन्छ– भएको छैन
संवैधानिक परिषद्को बैठक मङ्गलबार वस्ने

६ पुस, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर वैशाख १७ र २७ गते चुनावको लागि स्वीकृति दिए पनि यो कदम गैर–संवैधानिक भएको भन्दै प्रचण्ड–नेपाल समूहले संसद् बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।
सोमबार संसद् भवन नयाँ बानेश्वरमा भएको दुई पक्षको सांसदहरूको भेलाले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदम राष्ट्रघाती भएको उल्लेख गर्दै तत्काल संसद्को अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको हो ।

बैठकले संविधान बमोजिम संसद् बैठक बोलाउने समय भइसकेकोले संसद् अधिवेशन बोलाउन माग गरेको नेकपाका प्रमुख सचेतक देव गुरुङले बताउनुभयो । संसद् बैठक माग गर्दै प्रतिनिधि सभाका ९० जना र राष्ट्रिय सभाका २४ जना सांसदले हस्ताक्षर पनि गरेका छन् । यसको थप प्रक्रियाको लागि मङ्गलबार संसदीय दलको बैठक बोलाउने पनि दुई पक्षले निर्णय गरेका एक नेताले जानकारी दिएका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0