नेपाली खेलकुदको अभिलेखीकरण गरिने

Homeखेल

नेपाली खेलकुदको अभिलेखीकरण गरिने

पोखरामा अन्तर्राष्ट्रिय म्याराथन हुने
प्रथम महमाई नकआउट खुल्ला भलिबल प्रतियोगिताको विजेता साबिक महमाई वडा नं. ६
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक शाहीको निधन

६ पुस, काठमाडौँ ।
नेपाली खेलकुदको अभिलेखीकरण गरिने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा नेपाली खेलकुदको डिजिटल अभिलेखीकृत गर्न लागिएको हो ।
नेपाल ओलम्पिक कमिटीले नेपाली खेलकुदको क्षेत्रमा दूरगामी प्रभाव पार्ने अभिलेखीकरणको परियोजनाको थालनी भएको जनाएको छ ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले परियोजना ऐतिहासिक भएको बताउनुभयो । खेलकुदको इतिहासलाई जगेर्ना गर्न सँग्रहालयको परियोजना सफल हुने उहाँको भनाइ थियो ।
पहिलो चरणको सहयोगअन्तर्गत सँग्रहालयको कामअघि बढाइएको र अरू काम पनि साथसाथै अघि बढाइने श्रेष्ठले बताउनुभयो ।
नेपाल ओलम्पिक कमिटीको अनुरोधमा आईओसीले अभिलेखीकरणको परियोजना सञ्चालन गर्न सहयोग गरेको हो ।
यस परियोजनाका लागि एनओसीले सोलिडारिटी कार्यक्रमअन्तर्गत पहिलो चरणमा १५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0