नवलपुरमा बलात्कार तथा यौन दुब्र्यवहारका घटना सवैभन्दा धेरै

Homeसमाज

नवलपुरमा बलात्कार तथा यौन दुब्र्यवहारका घटना सवैभन्दा धेरै

कुमाल जातिको परिचय
संसद विघटनविरुद्ध परेका रिट अब पुस २२ गतेदेखि सुनुवाइ हुने
हिंसा विरुद्ध सधै आवाज उठाउन सक्नु पर्छ — प्रहरी उपरीक्षक प्रकाश मल्ल

६ पुस, नवलपुर ।

पुर्वी नवलपरासिमा यस वर्ष मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना गरि कुल ५० ओटा घटना भएको तथ्यांक इन्सेक नवलपुरले सार्वजनिक गरेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जिल्ला नवलपुरले सोमबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ वार्षिक पूर्व समिक्षा गोष्ठीको आयोजना गरि जिल्लामा भए गरेका घटना के कस्ता छन् भन्ने जानकारी गराएको हो ।
नवलपुर जिल्लाको हकमा बालअधिकार अन्तर्गत बलात्कार तथा यौन दुब्र्यवहारका घटना बढी हुने गरेको पाईएको छ ।
नवलपुरको कावासोतीमा आयोजित गोष्ठी समारोहलाई सम्वोधन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले कानुनको ख्याल नगरी कानुनलाई हातमा लिन खोज्नु नै ठुलो अपराध भएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पंगेनीले यस्ता अपराधिक क्रियाकलाप रोक्नका लागि विभिन्न अभियानहरु जिल्लामा सञ्चालनमा ल्याई रहेको बताउनुहुदै यसका लागि घर परिवारबाट नै सचेतना जगाउनुपर्नेमा जोड दिनुभयो ।
विभिन्न विषयका घटना दर्ता गर्न प्रहरीले आनाकानी गर्ने गरेको भन्ने पत्रकारहरुको प्रश्नको जवाफ दिनुहुदै जिल्ला प्रहरी उपरिक्षक प्रकाश मल्लले घटनाको छानविन गरि अवस्था हेरेर दर्ता गर्ने गरेको बताउनुभयो , उहाँले भन्नु भयो “हामी कसैको दवावमा काम गर्दैनौँ”
यस्तै गरी पत्रकारहरुको प्रश्नको जवाफ दिनुहुदै जिल्ला प्रहरी उपरिक्षक प्रकाश मल्लले दिएको जानकारी अनुसार पुर्वी नवलपरासि जिल्लामा राजनितिक अधिकार तर्फ विप्लब नेतृत्वको नेकपाका कार्यकर्ता गिरफतारीका घटना ३ ओटा ,प्रहरीको गोलि लागेर घाईते भएको १ ओटा,पत्रकार माथि दुब्र्यवहारको घटना १ ओटा ,कुटपिट तथा अंगभंग सम्वन्धी एक ,बालअधिकार अन्तर्गत बलात्कार तथा यौन दुब्यवहार सम्वन्धी १९ ओटा ,विद्यालयमा कुटपिट १ ,महिला सम्वन्धि एक ओटा, बलात्कार प्रयासमा ७ ओटा ,गैरराज्य पक्षबाट हत्या २ ओटा र महिला हिंसा सम्वन्धी १३ ओटा र सम्पती क्षति सम्वन्धी २ ओटा घटना भएको तथ्यांक सोमबार इन्सेकले सार्वजनिक गरेको हो ।
कार्यक्रममा इन्सेक जिल्ला नवलपुरका प्रतिििनधि तिर्थराज डुम्रेको अध्यक्षता एवम् नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीको प्रमुख आतिथ्यता रहेको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0