नेकपाको महाधिवेशन आगामी मंसिर २ गते गर्ने ओली पक्षको निर्णय

Homeराजनीति

नेकपाको महाधिवेशन आगामी मंसिर २ गते गर्ने ओली पक्षको निर्णय

The 13 worst songs about businesses and WordPress
How WordPress theme franchises made me a better person
अध्यादेश ल्याए लगत्तै बहुमत सचिवालय सदस्य खुमलटारमा भेला

७ पुस, काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले आगामी मंसिर २ गते (२०७८) मा महाधिवेशन निर्णय गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव बमोजिम आगामी मंसिर २ गतेका लागि महाधिवेशनको मिति तोकेको हो।
बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता प्रदीप कुमार ज्ञवालीले काठमाडौँमा महाधिवेशन गर्नेगरी मिति तोकिएको बताउनु भयो ।
यसअघि नेकपाको महाधिवेशन चैतमा गर्ने तय भएको थियो।
त्यस्तै बैठकले पार्टी प्रवक्ता जिम्मामा परराष्ट्रमन्त्री समेत रहेका स्थायी समिति सदस्य प्रदीपकुमार ज्ञवालीलाई दिएको छ।
आज बसेको बैठकमा अध्यक्ष ओलीले अहिले रहेको केन्द्रीय समितिमा सदस्यहरु थप गरी १ हजार १ सय ९९ सदस्य रहेको महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव गर्नु भएको थियो ।
सो प्रस्ताव पारित गरी सोहि बैठकमा नयाँ सदस्यलाई सपथग्रहण समेत गराइएको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0