७ पुस, काठमाडौँ ।
संसद् विघटनको निर्णय खारेजीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टीका सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।
नेकपाका प्रमुख सचेतक देव गुरुङ, सांसद कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले संसद् विघटनको निर्णय खारेज गरेर संसद् सक्रिय रहेको आदेश दिन माग गर्दै सर्वाेच्चमा रिट निवेदन दर्ता गराएको प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।
नेकपाका एक सय १४ जनाको नामबाट सांसद सर्वोच्च जाने तयारी भए पनि सबैको नागरिकता र हस्ताक्षर जुटाउन समय लाग्ने भएकाले चार जना मात्रै सर्वोच्चमा पुगेर रिट दर्ता गराएको नेतृ रामकुमारीले बताउनु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको आइतबार संसद् विघटन गरेर २०७८ वैशाख १७ र २७ गते चुनाव गर्नको लागि स्वीकृति दिईएको छ ।
COMMENTS