७ पुस, काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत पदमा नियुक्त गर्नु भएको छ ।
मन्त्रिपरिषद्को सिफारिस र संसदीय समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले पूर्वमन्त्रीसमेत रहेका खतिवडालाई मंगलबार अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
’राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. युवराज खतिवडालाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ घिमिरे जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

COMMENTS