देशको राजनीतिले उखु किसानको माग ओझेलमा

Homeसमाज

देशको राजनीतिले उखु किसानको माग ओझेलमा

राजकुमार चेपाङको परिवारलाई ६ लाख रुपैयाँ राहत
२६०४ औँ तमु ल्होसार पर्व मनाउँदै, गण्डकी प्रदेशमा सार्वजनिक बिदा
१८ महिनाकी बालिकाको पानीको खाल्डामा डुबेर मृत्यु

७ पुस, काठमाडौँ ।
उखु बेचेको पैसा पाउनुपर्ने माग गर्दै किसानले मङ्गलबार पनि माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे ।
सर्लाही र रौतहटबाट काठमाण्डौ आएर १० दिनदेखि आन्दोलन गरिरहेका किसानले आफूहरुले पैसा पाउने ग्यारेण्टी नभएसम्म आन्दोलन नरोक्ने अडान लिएका छन् ।
किसानहरूले चिनी मिल सञ्चालकहरूबाट झण्डै ९० करोड रुपैयाँ पाउन बाँकी रहेको दाबी गरेका छन् तर सरकार र उद्योगीले भने ४० करोड रुपैयाँभन्दा धेरै रकम भुक्तानी भएको बताउँदै आएका छन् ।


गएको वर्ष सरकारले उद्योगीहरुबाट भुक्तानी दिलाउन किसान र उद्योगीबीच सम्झौता गराए पनि भुक्तानी नपाएपछि किसानहरू फेरि काठमाण्डौको माइतीघर मण्डलामा आएर आन्दोलन गर्न बाध्य भएका हुन् । सरकारले किसानको भुक्तानी नदिने उद्योगीहरूलाई कारबाही गर्ने बताए पनि अहिलेसम्म कुनैपनि उद्योगीलाई कारबाही गरेको छैन ।
नेकपाभित्रको विवाद र प्रधानमन्त्रीले संसद् विघटन गरेपछि उखु किसानको माग र आन्दोलन झनै ओझेलमा परेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0