पुस ८काठमाडौं , नेपालमा चली रहेकोे राजनितीक घटना क्रमले दिन दिनै नयाँ नयाँ मोड लिने क्रम जारी छ ।यसै क्रममा जनता समाज बादी पार्टी ले पनि आन्दोलन को कार्यक्रम घोषणा गरेको छ ।जसपा ले ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रिकृत जनप्रदर्शन गर्ने निर्णय गरेको छ । साथै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै बैठक सुरू गर्न सभामुख अग्नी सापकोटालाई आग्रह गर्ने निर्णय गरेको छ। संसद विघटनको घोषणा हुनु असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको जसपा को निष्कर्ष छ।
Newer Post
इजरायल सरकारको संसद् विघटन Older Post
देशको राजनीतिले उखु किसानको माग ओझेलमा
COMMENTS