कालीगण्डकी करिडोरकोे भिरबाट लरी खस्यो , घटनास्थलमै ३ को मृत्यु

Homeसमाज

कालीगण्डकी करिडोरकोे भिरबाट लरी खस्यो , घटनास्थलमै ३ को मृत्यु

प्रधानमन्त्रीद्धारा शनिबार १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास
पर्यटकको ५ हजार डलरको कोरोना बिमा हटाइयो
राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम महाधिवेसन बुटवलमा हुने, तयारी पूरा

८ पुस, नवलपुर ।

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका ३ मा लरी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।
बुधबार कालीगण्डकी करिडोरको भोक्रोफाँटको भिरबाट ना ३ ख ५३३९ नम्बरको लरी खस्दा तीन जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा परी लरी चालक मकवानपुर जिल्ला हेटौडा उपमहानगरपाालिका १७ का ४५ वर्षिय सुरेज भुजेल , ३५ वर्षिय बलराम श्रेष्ठ, पर्सा जिल्ला गौतम नगरका ५० वर्षिाय भिम वहादुर तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक ममोहन वहादुर खाँणले जानकारी दिनु भयो ।
सडक कच्ची हुनुका साथै उकालो र घुम्ती भएकाले लरी अनियन्त्रित भएर पल्टिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0