जनताको छातीमा लात मारेको टुलुटुलु हेरेर बस्न सक्दैनौँः जसपा

Homeराजनीति

जनताको छातीमा लात मारेको टुलुटुलु हेरेर बस्न सक्दैनौँः जसपा

वार्ता पछी नवलपुरबाट विप्लवको पहिलो तस्विर सार्वजनिक
नेकपा खारेज गर्ने फैसलाविरूद्ध पुनरावलोकन जाँदै प्रचण्ड
नेकपा दाहाल समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पत्र बुझाउने

८ पुस, नवलपुर ।
जनता समाजवादी पार्टीले संसद विघटनका विरुद्धमा बुधबार देखि चरणबद्ध रुपमा विरोध कार्यक्रम थालेको छ । देशका ७७ वटै जिल्लाका सदरमुकाममा बुधबार देखि सरकारको कदमविरुद्ध पार्टीले चरणबद्ध विरोधका कार्यक्रम सार्बजनिक गरेको हो ।
यसैबीच जनता समाजबादी पार्टी नवलपुरले पनि जिल्लाको कावासोतीमा विरोध प्रदर्शन गरेको छ । प्रदर्शन अन्तर्गत कावासोतीको सभापति चोकबाट सुरु भएको विरोध ¥याली फलफुल चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
¥यालीमा सहभागी कार्यकर्ताहरुले असंवैधानिक र अलोकतान्त्रिक कदम खारेज गर, राष्ट्रपति संस्थाको मर्यादा कायम गर , संघिय लोकतान्त्रिक गणतन्त्रहरु एक हौँऔँ , संवैधानिक म“ल्य मान्यताको रक्षा गर जस्ता नाराहरु लगाएका थिए ।


कोण सभामा वोल्दै जसपा केन्द्रीय सदस्य सरोज खरेलले नेपाली जनताको सपुतले रगत बगाएर प्राप्त गरेको गणतान्त्रिक संविधान बिरुद्ध राष्ट्रपति र प्रधानमन्त्रीले जनताको छातीमा लात मारेको टुलुटुलु हेरेर बस्न नसक्ने बताए ।

यस्तैगरी उनले नेपाली जनताले यो कदमलाई कदापी स्विकार नगर्ने र यदि क्रियाशिल राष्ट्रपति चाहिएको हो भने प्रत्यक्ष निर्वाचन कार्यकारी राष्ट्रपतिका लागि मतदानमा जान आग्रह गरे ।
जसपाले बुधबार सबै जिल्ला सदरमुकाममा प्रदर्शन गरेको छ । भने आगामी पौष १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रिकृत जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0