कुनै एक दललाई बहुमत नदिँदा सँकट आइपर्योः मुख्यमन्त्री गुरुङ

Homeराजनीति

कुनै एक दललाई बहुमत नदिँदा सँकट आइपर्योः मुख्यमन्त्री गुरुङ

दाङको विरोध सभालाई सम्बोधन गर्न महामन्त्री शशांक आउदै
How WordPress theme franchises made me a better person
प्रचण्ड समूह फोहोरको डङ्गुर हो – युवा नेता बस्नेत

९ पुस, नवलपुर ।
गण्डकी प्रदेश सरकारलाई आउने वर्षमा उज्यालो प्रदेश बनाउने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनु भएको छ ।
विहिबार पूर्वी नवलपरासीको कावासोती स्थित पेमा साम्डुव छ्योलिङ गुम्बाको माने तेङ्ग्यूर समुद्घाटनलाई सम्वोधन गर्दै वहाँले प्रदेशका दुर्गम स्थानमा पनि बिजुली पु¥याएर आगामी बर्ष उज्यालो प्रदेश घोषणा गरिने बताउनु भएको हो ।
त्यस्तै मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले बिकास निर्माणका कार्य तीब्र रुपमा अघि बढाएको प्रसँग पनि उल्लेख गर्नुभएको छ । वहाँले प्रदेश सरकार कहाँ छ भनेर बाटो बाटो र गाउँ गाउँमा खोज्नुपर्ने बताउनुभएको छ ।
वहाँले प्रदेश सरकारको पहलमा प्रदेश अन्तर्गतका गाउँ गाउँमा शुद्ध खानेपानी तथा मोटरबाटो पु¥याइएको र पु¥याउने क्रममा रहेको बताउनुभएको हो । गुरुङले गण्डकी प्रदेश पर्यटनको उच्च सम्भावना बोकेको प्रदेश पनि भएकोले पर्यटन बिकासका लागि पनि बिशेष कार्य गरिरहेको बताउनुभयो ।
वहाँले खानेपानी, मोटरबाटो , बिजुली गाउँ गाउँ पु¥याउने कार्यका अलावा शिक्षा र स्वास्थ्यमा पनि प्रदेश सरकारले ठुलो लगानी गरेको पनि बताउनुभयो ।
फरक प्रसँगमा बोल्नुहुँदै मुख्यमन्त्री गुरुङले कुनै एउटा मात्र दललाई बहुमत नदिएको कारण सँसद बिघटन सम्म पुग्नु परेको बताउनुभयो । स्थिर सरकारका लागि दुइवटा दल मिलेर चुनावमा जाँदा बहुमत प्राप्त भएता पनि एकता प्रकृयामा दुइ दल राम्रोसँग एक हुन नसकेकोले हाल देशमा सँकट आइपरेको वहाँको भनाइ छ ।
त्यसैले घुमाउरो पारामा आगामी चुनावमा केपी शर्मा नेतृत्वको नेकपालाई बहुमत प्रदान गर्न वहाँले आग्रह समेत गर्नुभयो ।
गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष काँशीराम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा , प्रदेश साँसद रोशन बहादुर गाहा , बिष्णु लामिछाने प्रमुख जिल्ला अधिकारी मनमाया पँगेनी लगायतको पनि आतिथ्यता रहेको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0