नवलपुरको विभिन्न स्थानमा सवारी दुर्घटना, २४ जना घाइते

Homeसमाज

नवलपुरको विभिन्न स्थानमा सवारी दुर्घटना, २४ जना घाइते

क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदै
पशुपतिनाथ मन्दिर पुस १ गतेदेखि खुल्ने
तुइनको सहायतामा उपल्लो डोल्पामा पहिलो पटक एम्बुलेन्स पुग्यो

९ पुस , नवलपुर ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका १५ कोलटाँडीमा दुई वटा बस एक आपसमा ठक्कर खाँदा बिहीबार १५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको लु २ ख २१३१ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको लु १ ख ६५६३ नम्बरको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
दुर्घटनामा परी घाइते ११ जनाको अवस्था मध्यम र बाँकी ४ जनाको सामान्य रहेको छ । घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ । यस्तै बिहीबार नै बौदीकाली गाउँपालिका ६ मधुकोटको भित्र सडक खण्डमा लु १ ज २७१६ नम्बरको महेन्द्र जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1