संसद विघटनविरुद्धमा परेका रिटमाथी आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

Homeराजनीति

संसद विघटनविरुद्धमा परेका रिटमाथी आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

नेपाली कांग्रेसले भोलि ४५ औँ मेलमिलाप दिवस मनाउदै
राष्ट्रपतिलाई कांग्रेसको आग्रह : संसद विघटनको सिफारिस अस्वीकार गर्नुस्
नेकपा माओवादी केन्द्रले गृहमन्त्री सहितका मन्त्रीहरुलाई फिर्ता बोलायो

१० पुस, काठमाडौं ।

प्रतिनिधिसभा विघटनविरुद्धमा परेका रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सबै निवेदनलाई संवैधानिक इजलासमा पठाउने निर्णय गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको आइतबार प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध नेकपाका प्रचण्ड–नेपाल समूहका सांसदसहितको १३ वटा रिट सर्वोच्चमा दर्ता भएको छ ।
संसद् विघटनको विषय संविधानसम्बन्धी व्याख्या गर्नुपर्ने भएकाले संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीशबाट सुनुवाइ हुन लागेको हो ।
संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनका क्रममा लिइएका आधार र त्यसको संवैधानिक धरातलको परीक्षण गर्नेछ ।
सरकारले संसद विघटन गर्दा संविधानको धारा ७६ र ८५ लाई आधार मानेको छ ।
प्रधानन्यायाधीश जबराले भने यो धाराको थप संवैधानिक व्याख्या आवश्यक रहेकाले रिटहरुलाई संवैधानिक इजलासमा पठाउन निर्णय गरेको थियो । रिट निवेदक र अधिवक्ताहरुले भने बृहत इजलासमा सुनुवाइ हुनुपर्ने माग गरेका थिए ।
अहिले संवैधानिक इजलासका लागि तयार भएको रोस्टरमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिह्ना, प्रकासिंह राउत र सपना प्रधान मल्ल रहेका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0