नेकपा प्रचण्ड-नेपाल समूह सडक आन्दोलनमा उत्रिए

Homeराजनीति

नेकपा प्रचण्ड-नेपाल समूह सडक आन्दोलनमा उत्रिए

अखिल नेपाल महिला संघको अगुवा महिला कार्यकर्ता भेला सम्पन्न
नेकपाका नेताको जुधाइमा संसद् मिचाइमा प¥यो– वरिष्ठ अधिवक्ता ज्ञवाली
देशलाई षड्यन्त्रको चक्रव्यूहमा फस्न नदिन प्रतिनिधि सभा विघटन गरे : प्रम ओली

१० पुष , काठमाडौं ।
नेकपा प्रचण्ड-नेपाल समूहका मुख्य तीन शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल सडक आन्दोलनमा उत्रिएका छन् ।
पार्टीको पूर्व घोषित कार्यक्रमअनुसार अरु नेताहरुसँगै उनीहरु माइतीघर मण्डलाको प्रदर्शनमा सहभागी भएका हुन् ।

‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर सडकमा पलेँटी कसेर बसेको उनीहरुको तस्बिरको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने पूर्वघोषित कार्यक्रमअनुसार नेताहरु माइतीघर मण्डलामा पुगेर प्रदर्शन थालेका हुन् ।

प्रदर्शनमा विघटित प्रतिनिधिसभाका प्रचण्ड-नेपाल समूहका अरु सदस्यहरुले ‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड बोकेका छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0