दाहाल–नेपाल समूह निर्वाचन आयोगमा

Homeराजनीति

दाहाल–नेपाल समूह निर्वाचन आयोगमा

संसद विघटनविरुद्धमा परेका रिटमाथी आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै
“THE KUMAL OF NEPAL”
आफ्नै पार्टी बाट प्रतिपक्ष बाट भन्दा बढी आक्रमण भयो -ओलि

१० पुस , काठमाडौं ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूह निर्वाचन आयोग पुगेका छन् ।

आज दाहाल–नेपाल समूहका शीर्ष नेताहरु अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु, प्रतिनिधिसभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यहरुलगायतका नेता कार्यकर्ताहरु उपस्थित भएर संसद विघटन विरुद्धमा आन्दोलन सुरु गरेका हुन् ।

माइतीघरबाट सबै जना निर्वाचन आयोग गए पनि भित्र भने शीर्ष नेताहरुलाई मात्रै प्रवेश दिइएको छ । निर्वाचन आयोगका अधिकारीहरुलाई भेटेर आफूहरुसँग बहुमत केन्द्रीय सदस्य भएकाले आफ्नो समूह नै आधिकारिक नेकपा भएको जानकारी दाहाल-नेपाल समूहले जानकारी दिने बताएको छ ।

‘प्रतिनिधसभा विघटनको असंवैधानिक कदम खारेज होस्’, ‘हामी यहाँ छौँ’ भन्ने नारा लेखिएका प्लेकार्ड सहित नेताहरु उपस्थित भएका छन् । विरोध प्रदर्शनमा नेता कार्यकर्ताले नाराबाजी समेत गरेका थिए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0