१० पुस , अर्घाखाँची ।
लुम्बिनी प्रदेशभित्र रहेका पालिकामध्ये पशुजन्य उत्पादनमा उत्कृष्ट काम गरेकोमा अर्घाखाँचीको पाणिनि गाउँ पालिका पुरस्कृत हुने भएको छ ।
प्रदेशभित्र रहेका १ सय ९ वटा पालिकामध्ये पशुजन्य उत्पादन तथा कृषिको क्षेत्रमा पाणिनि गाउँपालिकाले उत्कृष्ट काम गर्न सफल भएको हो ।
गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले कृषि र पशुपालन विना आर्थिक समृद्धि हुन नसक्ने भएकाले कृषि र पशुपालनलाई प्रमुख प्राथमिकतामा राखेर पालिकाले काम गरेको बताउनु भएको छ ।
पाणिनि गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर भइसकेको छ ।
COMMENTS