प्रमद्वारा मन्त्रीपरिषद् विस्तार , ९ जना मन्त्री थपिए

Homeराजनीति

प्रमद्वारा मन्त्रीपरिषद् विस्तार , ९ जना मन्त्री थपिए

ओली र दाहाल अध्यक्ष रहेको ‘नेकपा’ निर्वाचन आयोगद्वारा खारेज
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठक सुरु
“नेकपाभित्र दुइटा समूह देखिए पनि कतै लागेको छैन” — गौतम

१० पुस, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जना थपेर मन्त्रिपरिषद विस्तार र केही मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । शुक्रबार मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थप भएका छन् ।

शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् ।

मन्त्रिपरिषद विस्तारअघि प्रधानमन्त्रीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडलाई हटाएका छन् ।

आज विस्तार भएको मन्त्रिपरिषदमा टोपबहादुर रायमाझीले उर्जा, जलस्रोत तथा सिञ्चाई, प्रभु साह शहरी विकास, मणि थापा खानेपानी तथा सरसफाइ, गौरीशकर चौधरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् ।

यस्तैगरि गणेश ठगुन्ना संघीय मामिला तथा सामान्य प्रशासन, प्रेमबहादुर आले वन तथा वातावरण, जुलीकुमारी महतो महिला, बालबालिका तथा ज्येष्ठ नागगरी र दावा लामा युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

त्यस्तै विमला विश्वकर्मा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनेकी छन् ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0