भूमिहिन जनतालाई जमिनको मालिक बनाउछौँः ज्ञावली

Homeसमाज

भूमिहिन जनतालाई जमिनको मालिक बनाउछौँः ज्ञावली

ताला खुल्न नसकेपछि कृषि तथा वन विज्ञान विश्वविद्यालय अस्तव्यस्त बन्यो
नवलपुरमा ११ दिने आधारभूत पत्रकारिता तालिम सुरु
महिला हिंसा बढेकोमा राष्ट्रपतिको गम्भीर चासो

११ पुस, नवलपुर ।

नेपाल सरकार भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद ज्ञावलीले भूमिहिन जनतालाई जमिनको मालिक बनाउने काममा अहिलेको आयोग असफल नहुने बताउनु भएको छ ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीको विबरण र तथ्याङ्क संकलन इकाइको उद्घाटन गर्दै आयोगका अध्यक्ष ज्ञावलीले सो कुरा बताउनु भएको हो ।
ज्ञावलीले विगतका आयोगहरु मन्त्रिस्तरीय गठन आदेशबाट बनेकाले कमजोर भएको र सरकार परिवर्तन सँगै ती आयोग पनि बिघटन हुँदा असफल भएको यथार्थ उजागर गर्नुभयो । वहाँले हालको आफ्नो नेतृत्वको आयोग त्यसभन्दा फरक रहेको बताउनुभयो ।
कसैले कानुनीरुपमा प्रश्न उठाउदा यथोचित जवाफ दिन नसक्ने र दिएको जवाफबाट पनि अदालत सन्तुष्ट हुन नसक्ने बिगतको स्थिति भएकाले अघिल्ला आयोगहरु असफल भएको अध्यक्ष ज्ञावलीले बताउनु भयो ।
बिगतको जस्तो समस्यालाई निराकरण गर्नका लागि संविधानको मौलिक हक भित्र धारा ४० को उपधारा ५ र ६ मा एक पटकका लागि आवास, आवासका लागि जमिनको व्यवस्था गर्ने भनेर उल्लेख भएको वहाँले बताउनुभयो ।
सँबिधानमा भएको यस ब्यवस्थाले गर्दा पनि अहिलेको आयोग भूमिहिन जनतालाई जमिनको मालिक बनाउने कार्यमा असफल नहुने वहाँको विश्वास छ ।


यस्तै वहाँले संविधानमा भएको ब्यवस्था अनुसार अबको १७ महिना भित्र भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा प्रदान गर्न सकिएन भने मौलिक हकको हनन गरेको आरोपमा सरकार माथि मुद्दा लाग्ने स्पष्ट पार्नुभयो ।
कावासोती नगरपालिकाको सभाहलमा शनिबार सम्पन्न कार्यक्रममा कावासोती नगरपालिकाकी प्रमुख चन्द्रा कुमारी पुनको अध्यक्षता रहेको थियो भने नेपाल सरकार भुमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देबी प्रसाद ज्ञावलीको प्रमुख आतिथ्यता रहेको थियो ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 1