११ दिने आधारभुत पत्रकारीता तालिम शनिबार सम्पन्न

Homeअन्य

११ दिने आधारभुत पत्रकारीता तालिम शनिबार सम्पन्न

A Dating App, Not the Parents, Brought Them Together
Mortgage Rates Hold Steady as Housing Market Stresses Mount
10 things your boss expects you know about spa deals

११ पुस , नवलपुर
राष्ट्रिय दलित पत्रकार सँघ पुर्बी नवलपरासीले आयोजना गरेको एघार दिने आधारभुत पत्रकारीता तालिम शनिबार समापन भएको छ । कावासोती नगरपालिकाको आर्थिक सहयोगमा भएको तालिममा ३० जना दलित समुदायका प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो ।
समापन कार्यक्रममा राष्ट्रिय दलित पत्रकार सँघ नवलपुरका अध्यक्ष गोबिन्द नेपालीको अध्यक्षता रहेको थियो भने , गण्डकी प्रदेश साँसद रोशन बहादुर गाहा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।
समापन कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि गाहाले तालिममा सिकेका कुराहरुलाई सही तरिकाले प्रयोग गर्न प्रशिक्षार्थीहरुलाई आह्वान गर्नुभयो । समाचार लेख्दा कुनैपनि दल , बाद वा समुदायबाट प्रभावित हुन नहुने पनि वहाँले सुझाव ब्यक्त गर्नुभयो ।
समापन कार्यक्रममा कावासोती नगरपालिकाकी मेयर चन्द्राकुमारी पुन, उद्योग बाणिज्य सँघ नवलपुरका सचिव जीवन श्रेष्ठ कावासोती नगरपालिका वडा नँ ८ का वडाध्यक्ष आनन्द गुरुङ लगायतको पनि बिशेष उपस्थिति रहेको थियो ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिम अत्यन्त फलदायी र प्रभावकारी रहेको प्रतिकृया ब्यक्त गरेका थिए ।

COMMENTS

WORDPRESS: 0
DISQUS: 0